Follow @khasokhasmag

नेपालमा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४० हजार ६३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०६२ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१.५ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १५ हजार ७७९ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार १३९ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार ६४० रहेका छन् । अहिले क्वारेन्टाइनमा ७ हजार २५० रहेका छन् । आज १० हजार ३७५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा आज हालसम्मकै धेरैमा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५५५ जना, ललितपुरका ३५ जना र भक्तपुरका ८६ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार मात्र उपत्यकामा ५१२ जनामा संक्रमण देखिएको थियो ।

थप ११ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरण)

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com