नेपालमा थप १ हजार १७० जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३२९पुगेको छ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३९ हजार ५७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८७९ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१.५ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा १५ हजार ३९३ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार ११८ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार २७५ रहेका छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ८९२ रहेका छन् । आज १० हजार ८७८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com