क्याप्टेन विजय लामालाई कोरोना संक्रमण


प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई अफ्रिकी मुलुक दक्षिण सुडान पुर्‍याएर फर्किएका उनको स्टार अस्पताल, सानेपामा स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

क्याप्टेन लामासँगै सुडान पुगेका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण देखिएको छ ।दुबै जना सोल्टी होटलको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com