Follow @khasokhasmag

नेपालमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३८ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १७३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१.५ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १५ हजार ११७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ७ हजार ७३० जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार ३८७ रहेका छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ५३६ रहेका छन् । आज ९ हजार १६५जनाको पिसिआर परिक्षण गरिएको छ ।

उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ४८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र उपत्यकामा ४३१ जनामा संक्रमण देखिएको थियो ।

थप ९ जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com