पूर्वराजा वीरेन्द्र चढ्ने जहाज विमानस्थलबाट गुडाएरै नारायणहिटीमा


प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार

sf7df8f}F, @& ebf} . g]kfnL ;]gfsf] k’/fgf] hxfh lqe’jg cGt/f{l6|o ljdfg:ynaf6 gf/fo0flx6L b/jf/ ;+u|xfnodf /fVg u’8fP/ nlu+b} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

शनिबार बेलुकी पूर्व राजा वीरेन्द्र चढ्ने गरेको सेनाको जहाजलाई विमानस्थलबाट गुडाएरै नारायणहिटी लगिएको छ । त्रिभुवन विमानस्थलमा लामो समयसम्म राखिएको जहाजलाई अब नारायणहिटी सङ्ग्रहालयमा राखिएको छ।

राति ८ बजे त्रिभुवन विमानस्थलबाट गुडाउन सुरु गरिएको जहाज तीनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पुर्याइएको थियो । जहाजलाई सेनाको सानो गाडी र क्रेनको सहायताले गुडाइएको थियो ।

यो जहाजमा तत्कालीन शाही नेपाली सेनाको यो जहाजमा पूर्व राजा वीरेन्द्र र राज परिवारका अरु सदस्य चढ्ने गर्थे । जहाज लामो समयदेखि त्रिभुवन विमानस्थलमा राखिएको थियो ।

१२ बर्षअगाडि दरबारबाट संग्रहालयमा रुपान्तरण

नारायणहिटी दरबार नेपालको अन्तिम राजाको राजदरवार हो । नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै बि.स. २०६५ असार १ गते राजदरवार वाट राष्ट्रिय सङ्ग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरी सङ्ग्रहालयको घोषणा गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस अघि भवनको मुल खम्वामा नेपालको राजाको विशेष झण्डा फहरिन्थ्यो । त्यसको ठिक ८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले सङ्ग्रहालय सर्वसाधारणको लागि खुल्ला गराएका थिए । नारायणहिटी सङ्ग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ ।

कस्ले बनाएको थियो नारायणहिटी ?

नारायणहिटी अघि त्यहाँ काजी धोकलसिंह बस्न्यातको विशाल भवन थियो भन्ने उल्लेख भेटिन्छ । नारायणहिटी दरबार प्रधानसेनापति शिवरामसिंह बस्न्यातको कान्छा छोरा सेनापति काजी धौकलसिंह बस्न्यातले बनाएका थिए । सो दरबार राजा रणबहादुर शाहले खोसी चौतरिया फत्यजंग शाहलाई दिएका थिए ।

रणोद्दिप सिँह बहादुर राणाले नारायणहिटी हत्याउनु अघि सम्म (कोतपर्वको दिन सम्म) नारायणहिटी भवन चौतरिया फत्तेजंग शाह तत्कालिन प्रधानमन्त्रीको निवास रहेको थियो । कोतपर्वमा प्रधानमन्त्री चौतरिया फत्तेजंग मारिएपछी जंगबहादुरले सो दरबार रणोद्दिप सिँह बहादुर राणालाई दिएका थिए । १९४२ सालको पर्वमा शमशेर खलकले श्री ३ रणोद्दीप सिहको हत्या गरेपछि सो दरबार वीर शमशेरको नाममा आयो । श्री ३ वीर शमशेरको दुई छोरीहरूको विवाह राजा पृथ्वी वीर विक्रम सँग भएपछी सो दरबार श्री ३ वीरले छोरीलाई दाइजो दिए।

पृथ्वी वीर विक्रम शाहलाई सुरक्षाको वहानामा रणोद्दिप सिँह बहादुर राणाले आफ्नो दरबारको उत्तरी मोहडामा ल्याएर राखे पछि दरबार वाट राजदरबारमा परीणत उक्त खण्डको विभिन्न काल खण्डमा निर्माण तथा पुनर्निर्माण हुँदै आयो । त्यसअघि पृथ्वीनारायण शाहदेखिका सबै शाहवंशीय राजाहरू वसन्तपुरस्थित हनुमानढोका दरवारमा बस्ने गर्दथे ।

वि.सं. २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निमाण गरिएको हो । बेन्जामिन पोल्क त्यतिखेर कलकत्ता स्थित एसियाकै सवैभन्दा ठुलो वास्तु कम्पनी चटर्जी एण्ड पोल्कका संचालक थिए । उनी वि.सं. २०२० ताका अमेरिकी सहयोगमा नेपालमा संचालित विभिन्न परियोजनाहरूको भवन निर्माणमा संलग्न रहेका थिए ।

त्यसभन्दा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमै जन्मेका हुन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com