कृष्ण पोखरेल मोरिसभिलमा सरकारी विभागको सल्लाहकारमा नियुक्त


प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार

अमेरिकाको नर्थ क्यारोलिना निवासी कृष्ण पोखरेल त्यहाँको मोरिसभिल टाउनको सरकारी विभागको सल्लाहकारमा नियुक्त भएका छन् । उनी सन् २०२२ को जुलाई ३१ सम्म अर्थात् आगामी २ बर्षका लागि नियुक्त भएको सरकारी वेवसाइटमा जनाइएको छ ।

पोखरेल पार्क, रिक्रियसन एण्ड कल्चरल रिसोर्स विभागको सल्लाहकार समितिमा नियुक्त भएका हुन् । मोरिसभिल टाउनको काउन्सिल सदस्यहरुले मतदान गरेर उनलाई नियुक्त गरेको जनाइएको छ ।

यो कमिटिमा पोखरेलसहित ११ जना छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामो समय न्युयोर्कमा बस्दै आएका पोखरेल हालै नर्थ क्यारोलिनामा बसाई सराई गरेका थिए । यद्यपी अहिलेपनि उनी न्युयोर्क लाइफ इन्सुरेन्ससँग आवद्ध रहेका छन् । पोखरेल लामो समयदेखि एनआरएन अभियानमा पनि सकृय रहदै आएका छन् ।

आफू जुन स्थानमा बस्यो त्यहाँका विभिन्न निकायमा सहभागी हुँदै स्थानीय स्तरमा नेपाली समुदायको पहुच कायम गर्दै जानुपर्ने पोखरेलले बताए । पछिल्लो समयमा स्थानीय सरकारका विभिन्न निकाय, विभाग र काउन्सिलहरुमा नेपाली अमेरिकनहरुको सहभागिता बढ्दै गइरहेको छ ।

पोखरेल बित्तिय सेवामा प्रमाणित पेशाकर्मी समेत हुन् । द अमेरिकन कलेज अफ फाइनान्सियल सर्भिर्सेजले पोखरेललाई फाइनान्सियल सर्भिसेज सर्टिफाइड प्रोफेशनलको दर्जा प्रदान गरेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com