कोभिड–१९ : शिक्षामा अपूरणीय क्षति हुनसक्ने


प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार

कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपूरणीय क्षति हुन सक्ने खतरा शिक्षा क्षेत्रका जानकारहरुले औँल्याएका छन् । उनीहरुले लामो समय शिक्षण संस्था बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाइसमेत गुम्न सक्ने र बीचमै पढाइ छाड्ने दर बढेर जाने खतरा रहेको समेत औँल्याएका छन् ।

रोटरी क्लब अफ बुटवलको आयोजना र रिजन फाइभ अन्तर्गतका रोटरी र रोट-याक्ट क्लबहरुको सहआयोजनामा भएको शिक्षा क्षेत्रमा कोभिड–१९ को प्रभाव र अवको अभ्यास विषयक भर्चुअल अन्तक्र्रियाका वक्ताले यस्तो धारण व्यक्त गरेका हुन् ।

रोटरी इन्टरनेसनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलले कोभिड–१९ को महामारीले शिक्षा क्षेत्रमा अन्योलतासँगै चुनौती थपिएको बताए ।लामो समय विद्यालय जान नपाउँदा बालबालिकामा मनोवैज्ञानिक असर परेको, पढ्ने बानी छुटेपछि बीचमै पढाइ छाड्ने दर बढ्ने खतरा रहेको उनको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शहरी क्षेत्रमा भर्चुअल माध्यमबाट शिक्षण सिकाइ सहज मानिए पनि ग्रामीण क्षेत्रमा यो निकै कठिन रहेको र अधिकांश विद्यार्थी प्रविधिको पहुँचबाट समेत बाहिर रहेको उल्लेख गर्दै उनले सङ्कटको बेलामा शिक्षा क्षेत्रमा जागरुकता ल्याउन रोटरियनहरुको भूमिका बढेको बताए ।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई जोड दिँदै आगामी असोज १ गतेदेखि लागू हुनेगरी सिकाइ सहजीकरण निर्देशिका ल्याइएको बताए ।

विज्ञको सुझावका आधारमा ३० प्रतिशत पाठ्यक्रम घटाएर भए पनि शैक्षिक सत्र खेर जान नदिइने उहाँको भनाइ छ ।

प्रवक्ता शर्माले प्रविधिको पहुँच नपुगेका विद्यार्थीलाई पनि पठनपाठनमा सहभागी गराउने तरिका र विकल्पबारे मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै विश्वविद्यालय भने वैकल्पिक सिकाइमा अझ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

निजी तथा आवासीय विद्यालयहरुको सङ्गठन (प्याब्सन) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँले सिकाइ निर्देशिका ल्याउन मन्त्रालयले छ महिना लगाएको भन्दै शिक्षामा निजी क्षेत्रको योगदानलाई पनि नबिर्सन सरकारको ध्यानाकर्षण गराए ।

अहिले देशभरका दुई हजारभन्दा बढी निजी विद्यालय बन्द रहेको र त्यहाँ कार्यरतमध्ये ४० हजार शिक्षक कर्मचारीले रोजगारी गुमाउनसक्ने सम्भावना रहेको भन्दै उनले २० प्रतिशत विद्यार्थीले निजी स्कूल छोड्न सक्ने सम्भावना पनि औँल्याए । उनले विद्यार्थी भर्ना र वार्षिक शुल्क उठाउने कुरालाई खुला गर्न पनि माग गरे ।

रोटरी नेपाल साक्षरता अभियान आरआई डिष्ट्रिक ३२९२ का चेअर एवं पिडिजी तीर्थमान शाक्यले शिक्षा क्षेत्रमा रोटरीले चलाएको अभियानबारे जानकारी गराउँदै शत्प्रतिशत साक्षर बनाउने गरी रोटरी अभियान अघि बढेको बताए । उनले शिक्षकहरुलाई इ–लर्निङप्रति उत्प्रेरणा जगाउने गरी रोटरीले अभियान चलाएको पनि बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com