सहभागीमा गम्भीर नकारात्मक असर परेको आशंकामा बेलायती भ्याक्सिन परीक्षण स्थगित


प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार

बेलायतको आष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकाश गरेको कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो चरणको क्लीनिकल परीक्षण जारी रहँदा सहभागीहरुमा गम्भीर प्रकारको नकारात्मक असर परेको आशंकामा अमेरिकामा उक्त भ्याक्सिनको परीक्षण स्थगित गरिएको छ । आष्ट्राजेनेकाका प्रवक्ताले सुरक्षा तथ्यांकको पुनरावलोकनका लागि तेश्रो चरणको क्लीनिकल परीक्षण स्थगित गरिएको वक्तब्यमार्फत पुष्टी गरेका छन् ।

अर्काे वक्तब्यमा आष्ट्रजेनेकाले कोरोनाबिरुद्धको भ्याक्सिनको अध्ययन स्थगित गरिएको बताएको छ । भ्याक्सिनको परीक्षण गरिएको को व्यक्तिमा कस्तो खालको नकारात्मक असर देखिएको हो भन्नेबारे केही खुलाइएको छैन । तर ती सहभागी निको हुने अपेक्षा गरिएको जनाइएको छ ।

परीक्षण गरिएका व्यक्ति अप्रत्सायित रुपमा बिरामी भएको खण्डमा त्यसको पुनरावलोकन गर्नु नियमित प्रकृयाजस्तै भएको र एकजना व्यक्तिका कारण परीक्षणमा असर पर्न नदिन पुनरावलोकन प्रकृया तीब्र पारिएको प्रवक्ताले बताएका छन् । क्लीनिकल परीक्षणको स्थगन असामान्य नभएपनि कहिलेसम्म स्थगन हुने भन्नेबारे केही बताइएको छैन ।

अहिले विश्वभर कोरोनाबिरुद्धका ९ वटा भ्याक्सिनहरु तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा रहेका छन् । क्लीनिकल परीक्षण स्थगन गरिएको भने आष्ट्राजेनेका नै पहिलो हो । अमेरिकामा फाइजर र मोडेर्नाका क्लीनिकल परीक्षण जुलाईको अन्तिम सातादेखि संचालन गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आष्ट्राजेनेकाले केहीदिन अगाडिमात्र अमेरिकामा क्लीनिकल परीक्षण सुरु गरेको थियो । अमेरिकाका ६२ वटा साइटहरुमा क्लीनिकल परीक्षण तय भएको थियो । कतिपय साइटमा भने क्लीनिकल परीक्षण सुरु गरिसकिएको थिएन ।

संदिग्ध गम्भीर असरमा अस्पताल भर्ना हुनुपर्ने अवस्था, ज्यानै जोखिममा पर्ने बिरामीपन र मृत्यु समेतलाई लिइन्छ । तर कुन क्लीनिकल परीक्षण गरिएका व्यक्तिमा गम्भीर प्रकारको नकारात्मक असर देखिएको हो भन्नेबारे पनि केही बताइएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com