नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९०२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३२ हजार ९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २८७जना उपचारपछि डिस्चार्ज भएका छन् । ६८ प्रतिशत संक्रमित निको भएका छन् ।

 थप ६ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com