तेलेगु अभिनेता जयप्रकाश रेड्डीको निधन


प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार

तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको छ। आज बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा ह्दयघातका कारण ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले सन् १९८८ ‘ब्रह्मापुत्र’ सिनेमाबाट आफ्नो करियर सुरू गरेका थिए। त्यसअघि उनी प्रहरी सेवामा सब इन्सपेक्टर पदमा कार्यरत थिए ।अन्तिमपटक उनले सन् २०२० मा रिलिज भएको ‘सरिलरू निकेवरू’ सिनेमामा काम गरेका थिए। उनले चित्रम भालारे विचित्राम, जाम्बा लाकिडी पम्बा, प्रेमेन्चुकुण्डम रा, समरसिंहा रेड्डी, अवुनू वल्लीदरु इस्त पाद्दारु, पल्लति ब्राह्मणयुदु, अमर अकबर एन्थोनी, नेला टिकट, जम्बा लाकिडी पम्बा नामका धेरै चलचित्रहरूमा अभिनय गरेका छन् ।

उनको निधनमा आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले दुःख व्यक्त गरेका छन्।  उनी तेलगु फिल्मका दिग्गज कलाकार रहेको भन्दै नायडुले रेड्डीको निधनले तेलगु फिल्ममा अपुरणीय क्षति पुगेको जनाएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com