इटालियन सिरियल किलर लियोनार्दा: जसले मान्छेको हत्यापछि साबुन बनाएर छिमेकीलाई दिन्थिन्


प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार

लियोनार्दा सियानसुलीले आफ्ना बाबुआमाको माया पाइनन् । अहिलेसम्म उनको जन्मदिन कहिले हो भन्ने पनि ठ्याक्कै थाहा छैन । उनकी आमालाई कसैले बलात्कार गरेका कारण बसेको गर्भबाट उनी जन्मिएकी थिइन् ।

लियोनार्दाकी आमालाई त्यही व्यक्तिसँग विहे गर्न बाध्य पारिएको थियो, जोबाट उनी बलात्कृत भइन् । त्यसपछि तिनै बुबाआमाले लियोनार्दालाई हुर्काए । लियोनार्दाकी आमाले आफैलाई बलात्कार गर्ने व्यक्तिसँग विवाह गर्नुपरेकाले पारिवारिक वातावरण राम्रो भएन । लियोनार्दाप्रति उनका बाबुआमाको कुनै माया ममता थिएन ।

बाल्यकालमै लियोनार्दाले दुईपटकसम्म आफ्नो ज्यान आफै लिने प्रयास समेत गरिन् । तर उनको जीवन झन्पछि झन् खराब हुँदै गयो ।

आमाबुबाले एकजना व्यक्तिसँग लियोनार्दाको विवाह गराइदिने योजना बनाइरहेका थिए । तर आमाको इच्छा विपरित लियोनार्दा सन् १९१४ मा एकजना व्यक्तिसँग भागेर विवाह गरिन् । र, उसैसँग इटली बसाई सराई गरिन् । सन् १९३० मा उनीहरुको घर भूकम्पले ध्वस्त भयो । त्यसपछि लियोनार्दाले कोरेजियोमा एउटा सानो पसल खोलिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विवाह हुनु अगाडि नै एकजना फकिर ज्योतिषले लियोनार्दालाई विवाह हुने र बच्चापनि जन्मिने तर कुनै पनि बच्चाहरु नबाँच्ने भविश्यवाणी गरेका थिए । ज्योतिषले उनलाई जेलजाने समेत भविश्यवाणी गरेका थिए । ज्योतिषको भविश्ववाणीका बाबजुत लियोनार्दा १७ पटक गर्भवती भइन् । १० जना बच्चाहरु जन्मेको केही दिन वा महिनामा मै बिते । ३ पटक गर्भपतन भयो । लियोनार्दा आफ्ना ४ बच्चाहरुको राम्रो रेखदेख गरिरहेकी थिइन् ।

लियोनार्दा असाध्यै रुढीवादी थिइन् । जब उनको एकजना छोराले इटालियन आर्मीमा भर्ना हुने निर्णय गरे, तब उनी आफ्नो छोरालाई बचाउन अरु उपायहरु खोज्न थालिन् । यदि कुनै महिलाको बलि दिएको खण्डमा आफ्नो छोरालाई बचाउन सकिने कुरा उनको दिमागमा आयो ।

त्यसपछि तीनजना महिलालाई उनले निकै होसियारीपूर्वक छनौट गरिन् । कुनै कारण देखाएर उनी आफ्नो स्थानमा तीनैजनालाई ल्याउन सफल भइन् । पहिलो शिकार फस्टिना सेटी आफ्ना हराएका पतिको खोजी गर्दै लियोनार्दाको पसलमा आइन् । लियोनार्दाले ती महिलालाई राम्रो जीवनसाथी खोजिदिएको बताइन् । त्यसपछि उनलाई वाइन खान दिइन् । वाइनमा लागुऔषध मिसाइएको थियो ।

त्यसपछि बेहोस भएकी ती महिलालाई लियोनार्दाले काटेर टुक्राटुक्रा पारेर एउटा ठूलो भाँडोमा राखिन् । यो कुरा लियोनार्दाले आफ्नो व्यक्तिगत संस्मरणमा पनि उल्लेख गरेकी छिन् । उनले ती महिलालाई काटेर भाँडोमा हालेपछि ६ किलो कास्टिक सोडा मिसाइन् । त्यसपछि त्यसलाई घोलेर उनले साबुन बनाइन् । रगतलाई जमेपछि पिठो, चिनी, चोकोलेट, दुध र अण्डासँग मिलाएर चियासँग खाने बिस्कुटहरु बनाइन् । उनलाई भेट्न आउनेहरुलाई पनि उनले खान दिइन् भने केही आफैले पनि खाइन् ।

दोश्रो शिकार थिइन् फ्रान्सेस्का सोभी । स्कुलमा जागिर लगाइदिने भन्दै उनलाई पनि त्यसरी नै बोलाएर उनले साबुन बनाइन् । तेश्रो तथा अन्तिम शिकार थिइन् भर्जिनिया कासिओपो । उनलाई पनि जागिर लगाइदिने प्रलोभनमा बोलाएर बेहोस बनाई काटेर भाँडोमा हालिन् । अनि पकाएर साबुन बनाउन सफल भइन् । उनले साबुनहरु छिमेकीहरुलाई पनि दिइन् ।

तेश्रो शिकार बनेकी महिलाकी भाईबुहारीले भर्जिनिया कासिओपोलाई लियोनार्दाको पसलमा छिरेकी देखेकी रहिछन् । उनैले प्रहरीलाई खबर गरिन् । प्रहरी लियोनार्दाको पसलमा आयो । र, लियोनार्दालाई पक्राउ गर्न सफल भयो । उनलाई बेलैमा पक्राउ गरेकाले अरु धेरैको ज्यान भने जान पाएन । लियोनार्दाले आफ्नो अपराध पनि स्वीकार गरिन् ।

ज्योतिषकै भविश्यवाणी अनुशार लियोनार्दाले ३० बर्ष जेलमा बिताइन् । त्यसपछि ३ बर्ष आपराधिक एसाइलममा राखियो । जहाँ उनको अचानक कुनै रोग लागेर सन् १९७० मा मृत्यु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com