बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा


प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार

बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर (टोटी)का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् । नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजिनामा दिएर ऐर कृषि फार्म सञ्चालन गरेका हुन् । रु ५२ लाख लगानी गरेर आफ्नै स्वामित्वको तीन बिघा जग्गामा उनले कालिका कृषि फार्म सञ्चालन गरेका छन् ।

फार्ममा साकिनी, घाँटी खुइले, उल्टा प्वाँखे, ककडनाथलगायत स्थानीय जातका एक हजारभन्दा बढी कुखुरा पालिएका छन् । फार्मबाट ४०० बढी कुखुरा बिक्री भएका छन् । कुखुरासँगै फार्ममा कालिज, बट्टाई, लौकाट, चाइनिज बतख टर्की पनि पालिएका छन् ।  स्थानीय जातका कुखुरा भएकाले बजारमा सहजै खपत हुन थालेको बताइएको छ । रु ५०० का दरले जिउँदो कुखुरा बिक्री हुने गरेको छ । स्थानीय जातका कुखुराको माग अधिक भएकाले कुखुरापालनमा संलग्न भएको फार्म सञ्चालक ऐरले बताए  । दुई जना कामदारसँगै ऐर दिनभरि कुखुराको हेरचाहमा संलग्न रहन्छन् । कुखुरालाई चारो खुवाउने, अण्डा सङ्कलन गर्ने, फार्मको सरसफाइ गर्ने र कुखुरालगायत बेच्ने कार्यमा उनी लाग्छन् ।

बन्दाबन्दीकैबीच ठूलो रकम लगानी गरी फार्म सञ्चालन गरेका छौँ”, ऐरले भने, “स्थानीय जातका कुखुरा उत्पादन गरी नगरपालिकालाई आत्मनिर्भर बनाउन चाहन्छौँ ।” उनले भने, “स्थानीय जातका कुखुराको अधिक माग छ । तर जोखिम पनि उत्तिकै छ ।” बैंककै रोजगारीका सिलसिलमा गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुँदा कुखुरापालन र कृषि कार्यसम्बन्धी अनुभव लिएकाले कृषि फार्म सञ्चालन गर्न सहज भएको उनले बताए । स्थानीय जातका कुखुराका चल्लासँगै बट्टाइका चल्ला उत्पादनको कार्यसमेत फार्ममा हुने गरेको छ । फार्म सञ्चालक ऐरले मेसिनको व्यवस्था गरी ह्याचरीसमेत सञ्चालन गरेका छन् ।

फार्मलाई आवश्यकपर्ने र बाह्य क्षेत्रबाट माग भईआएका आधारमा उनले ह्याचरीमा चल्ला उत्पादनको कार्यसमेत शुरु गरेका छन् । हालसम्म सात हजार कुखुराका चल्ला बिक्री भएका छन् । स्थानीय जातका कुखुराका चल्ला रु ११०, ककड नाथका चल्ला रु १६५ र बट्टाइका चल्ला रु ५५ मा बिक्री हुँदै आएको छ । फार्ममा रहका दुई वटा पोखरीमा २० हजार विभिन्न प्रजातिका माछाका भुरा हालेर माछापालनको कार्यसमेत शुरु गरिएको छ । खोर सुधारमा रु दुई लाख र पोखरी निर्माणमा रु ९२ हजार रकम अनुदानका रुपमा ऐरले पाएका छन् । “फार्ममा माछा, कुखुरा र अन्य प्रजातिका पक्षीपालनसँगै होटेल, स्वीमिङ पुलको व्यवस्था गरी एग्रो टुरिजमका लागि कार्य अगाडि बढाउने योजना छ”, फार्म सञ्चालक ऐरले भने, “आफ्नै लगानीले भ्याउन नसकिने भएकाले सरकारले यसका लागि अनुदान रकमको व्यवस्था गरिदिए व्यवसायलाई अगाडि बढाउन सहज हुन्थ्यो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, “प्रदेश सरकारले एग्रो टुरिजमलाई बढावा दिने नीति लिएको छ । यसका लागि लगानीको वातावरणसँगै लगानीकर्तालाई प्रोत्साहित गर्नका लागि अनुदान र सहुलियतका कार्यक्रम अगाडि ल्याइनुपर्छ ।” व्यवसाय गर्दै आएका र गर्न चाहने व्यवसायीको मनोबल उच्च राख्नसके मात्रै व्यवसाय फस्टाउन सक्ने उनको भनाइ छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com