नेपालमा थप ९८० जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार
नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३९० जना महिला र जना ६९० पुरुष गरी ९८० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २८ हजार ९४१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६३ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १७ हजार २७ संक्रिय संक्रमित छन् ।
काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि