मृत वा कमजोर भाइरसकै प्रयोग गरेर बनाइदै गरेका कोरानाबिरुद्धका मुख्य १८ भ्याक्सिन


प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार

अहिले विश्वमा विभिन्न ४ प्रकारका विधिबाट कोरोनाबिरुद्धका भ्याक्सिनहरु बनिरहेका छन् । तीमध्येको एक हो भाइरसको प्रयोगबाटै बनाइएको भ्याक्सिन ।

खासगरी भाइरसकै प्रयोग गरेर भ्याक्सिनको निर्माण गर्नेविधि निकै पूरानो र पम्परागत विधि हो । यो विधिबाट भ्याक्सिन बनाउँदा भाइरसलाई कमजोर बनाइएको छ, जुन रोगको कारण बन्न सक्दैन । तर कमजोर हुँदासमेत यो भाइरसले शरिरलाई प्रतिरोधात्मक क्षमता बृद्धि गर्नका लागि बाध्य पार्नसक्छ । दादुरा, रुबेला लगायतको भ्याक्सिन कमजोर बनाइएको भाइरसको प्रयोगबाट निर्माण गरिएको हो ।

भाइरसकै प्रयोगबाट भ्याक्सिन बनाउने अर्को विधिमा निस्कृय वा मृत भाइरसको प्रयोग गरिएको हुन्छ । निस्कृय भाइरसबाट बनाइएका भ्याक्सिनमा मृत भाइरसहरु हुन्छन् । ती मृत भाइरसले संक्रमण फैलाउन सक्दैनन् । तर प्रतिरोधात्मक प्रणालीलाई संक्रमणबिरुद्ध प्रतिरक्षात्मक प्रतिकृया जनाउनका लागि निर्देशित गर्छन् । पोलियोबिरुद्धको भ्याक्सिन यसरी नै बनाइएको थियो ।

मृत वा कमजोर भाइरसको प्रयोग गरेर बनाइएका भ्याक्सिनले यसरी काम गर्छ ।

यसरी मृत वा कमजोर बनाइएका भाइरसबाट भ्याक्सिनको निर्माण गर्दा लामो समय लाग्ने बताइन्छ । अहिले पनि यो विधिको प्रयोग गरेर कोरोनाबिरुद्धको भ्याक्सिन निर्माणको काम भइरहेको छ । यस्ता कैयन भ्याक्सिन अहिले विभिन्न चरणका क्लीनिकल परीक्षणका क्रममा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले बनाइरहेको यस्तो भ्याक्सिन तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छ । त्यस्तै चाइनिज कम्पनी सिनोफार्मले भाइरसको प्रयोग गरेर बनाइरहेको भ्याक्सिन पनि तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छ । चाइनिज कम्पनी सिनोभ्याकले पनि भाइरसकै प्रयोग गरेर बनाइरहेको कोरोनाबिरुद्धको भ्याक्सिन अहिले तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छ ।

मृत वा कमजोर भाइरसको प्रयोग गरेर बनाइएका कुन भ्याक्सिनहरु कुन चरणमा छन् ? हेर्नुहोस् ।

भारतीय बायोटक कम्पनी भारत बायोटेकले भाइरसको प्रयोग गरेर बनाइरहेको कोरोनाबिरुद्धको भ्याक्सिन दोश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छ । चाइनिज एकेडेमी अफ मेडिकल साइन्सले यही विधिबाट बनाइरहेको भ्याक्सिनपनि दोश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छ ।

बेइजिंग मिन्हाई बायोटेक, सेरम इन्स्टीच्युट अफ इन्डियाको कोडाजेनिक्स, इन्डियन इम्युनोलोजिकल गिरिफ्ट युनिभर्सिटी लगायत जापान, इजिप्ट, काजकिस्तान लगायतका मुलकहरुमा भाइरसको प्रयोग गरेर अरु १० वटा भ्याक्सिनहरु पूर्व क्लीनिकल परीक्षणका क्रममा रहेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com