नेपालमा थप १ हजार ३५९ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४६४ जना महिला र जना ८९५ पुरुष गरी १ हजार ३६९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २४६ पुगेको छ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २५ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३५४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५८ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १८ हजार ४०४ संक्रिय संक्रमित छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ५६१ रहेका छन् । होम आइशोलेशनमा ७ हजार ४६२ रहेका छन् । आज १३ हजार ६३८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३८६ जना, ललितपुरका ३२ जना र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण देखिएको हो । बिहीबार मात्र काठमाडौँ उपत्यकामा ४४५ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

पालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्युहुनेमा ४ जना महिला र १० पुरुष रहेका छन् ।योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com