२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
कोभिड १९ अपडेट

नेपालमा थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२० जनामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३२० जना महिला र जना ८०० पुरुष गरी १ हजार १२० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २३ हजार २९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५६ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १८ हजार १०८ संक्रिय संक्रमित छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ७६६ रहेका छन् । होम आइशोलेशनमा ७ हजार ६१५ रहेका छन् ।

काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३५० जना, ललितपुरका २९ जना र भक्तपुरका ९ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र काठमाडौँ उपत्यकामा ४८१ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

थप १२ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्युहुनेमा ६ जना महिला र ६ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।