नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र १५, २०७७ सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जना महिला र जना ५९६ पुरुष गरी ८९९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४१० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५८८ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५४ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १७ हजार ८२२ संक्रिय संक्रमित छन् । आज नेपालमा ११ हजार १२९ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ७ हजार ३३७ रहेका छन् । होम आइशोलेशनमा ७ हजार १२१ रहेका छन् ।

काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १९० जना, ललितपुरका ६७ जना र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र काठमाडौँ उपत्यकामा ४२९ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्युहुनेमा ३ जना महिला र ४ पुरुष रहेका छन् । जसमा महोत्तरीकी ४ वर्षिया बालिकाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com