‘कोरोनालाई सानो नठान्नुहोला तर नआत्तिनुहोला’ : संक्रमणबाट निको भएपछि बरिष्ठ गायक प्रेमराजा


प्रकाशित मिति : भाद्र १२, २०७७ शुक्रबार

अमेरिकाको बाल्टिमोर निवासी बरिष्ठ गायक प्रेमराजा महतले आफूहरु कोरोना संक्रमणमुक्त भएको बताएका छन् । अगस्तको पहिलो साता कोरोना संक्रमण भएपछि घरमै उपचार गराएका प्रेमराजा महत दम्पत्तिले हालैको परीक्षणबाट आफूहरुमा कोरोना नेगेटेभि देखिएको बताएका हुन् ।

कोभिड १९ लाई सानो रोग ठानेर वेवास्ता नगर्न समेत उनले सबैलाई आग्रह गरेका छन् । साथै एकदमै ठूलो ठानेर नआत्तिन समेत उनले आग्रह गरेका छन् । उनले भनेका छन् – ‘यो सानो रोग हैन सानो नमान्नुहोला, ठूलै पनि हैन नडराउनु होला।सावधानी अपनाएमा अवश्य ठीक हुन्छ, लापरवाही गरेमा ज्यानैसमेत लिनसक्छ ।’

विश्वभर रहेका हजारौं हजार ईष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले आफूहरुलाई हिम्मत दिएको र त्यही हिम्मतले आफूहरुले कोरोनालाई परास्त गर्न सफल भएको उनले बताएका छन् ।

उनले भनेका छन् -‘हजुरहरूकै गहिरो मायाप्रेम ,भगवान पशुपतिनाथ र हाम्रो ईष्टदेबी तनहुं अवस्थित ढोर बाराही माईको कृपा ठानेका छौं । किनकी जुनरोग औषधिबाट निको हुन्छ भन्ने आशै छैन।यस्तो बिषमपरिस्थिति मा हामिलाई आशिर्बाद र शुभकामना दिनुहुने हाम्रा अत्यन्तै प्रियजनहरुप्रति असाध्यै आभारी छौं।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्व स्वास्थ्य संगठन, डाक्टर र नर्सहरुले दिएका सरसल्लाह र नियम पालना गर्न समेत उनले सबैलाई आग्रह गरेका छन् । आफुलाई रोग लागेमा नलुकाउन र सबैलाई जानकारी दिएर सचेतना जगाउन समेत आग्रह गरेका छन् ।

अमेरिकामा अहिलेसम्म सयौं नेपालीहरुलाई कोरोना संक्रमण भइसकेको छ भने अधिकांश निको भइसकेका छन् । कोरोना संक्रमणबाट आधा दर्जन बढी नेपालीको भने ज्यान गएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी न्युयोर्क निवासी नेपालीहरु रहेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com