नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
प्रकाशित मिति : भाद्र १०, २०७७ बुधबार
नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १९ हजार ५०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३८५ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५६.६ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा १४ हजार ७३९ संक्रिय संक्रमित छन् । आज नेपालमा १३ हजार २५३ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ९ हजार ८३२ रहेका छन् । होम आइशोलेशनमा ६ हजार २८जना रहेका छन् ।
काठमाडौं उपत्यकामा आज एकैदिन थपिए ३०१ कोरोना संक्रमित





