लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता


प्रकाशित मिति : भाद्र ८, २०७७ सोमबार

कोरोना महामारीको सङ्क्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन् । लुम्बिनी वरिपरिका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा आइतबार भएको छलफलमा सहभागीले स्थानीय जनता र व्यवसायीसँग हातेमालो गर्न जोड दिए ।

छलफलमा लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचार्यल पर्यटन प्रबद्र्धनमा गरिने हरेक गतिविधिमा स्थानीयवासी सक्रियतापूर्वक साथ दिन तयार भएको बताउनुभयो । अग्रज पत्रकार हिमबहादुर विष्टले पर्यटन व्यवसायीसँग कोषको सहकार्य जरुरी रहेको बताउनुभयो । लुम्बिनी होटल सङ्घ नेपालका महासचिव लीलामणि शर्माले लुम्बिनीको विकासमा स्थानीय होटल व्यवसायी सधँैं हातमा हात मिलाएर अगाडि बढ्न तयार भएको बताउनुभयो । कोषका कामु सदस्य सचिव ज्ञानिन राईले कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरलाई पार लगाउन स्थानीय र पर्यटनव्यवसायीसँंग कोष सधँैं सहकार्य गरेर हिँड्न तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्यक दृष्टि र सम्यक संकल्पका साथ हामी काम गरिरहेका छौंँ ।  सबैको सहयोग र सहकार्यमार्फत कोरोना महामारीपछि संकट पार लगाउन सहज हुनेछ ।’

छलफलमा प्रदेशसभा सदस्य फकरुद्धिन खानले स्थानीयवासीको सहकार्यमार्फत नै लुम्बिनीको विकासमा टेवा पुग्ने बताउनुभयो । कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनी वरिपरिको विकास दीर्घकालीन विकास लक्ष्यसहित अगाडि बढेको बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com