श्रीमान्, निर्मलाको वलात्कार र हत्या गर्नेलाई थुन्ने फैसला चाहिं कहिले ?


प्रकाशित मिति : भाद्र ७, २०७७ आईतबार

– राधाकृष्ण देउजा

निर्मला वलात्कार र हत्या प्रकरणको अनुसन्धानमा संलग्न स्थानीय प्रहरीले लापरवाही गरेकै थियो , त्यहाँ गैरव्यवसायिकता  प्रदर्शन भएकै थियो भन्ने आम संचार माध्यममै आएको समाचारहरु काफी थिए , जुन अहिलेसम्म पनि खोज्दा भेटिन्छ नै

त्यही गैरव्यवसायिकता र अनुसन्धानमा भएको लापरवाहीले त्यस घटनाको अनुसन्धानमा तत्कालिन अवस्थामा सीआइवीबाट खटिएको काविल अधिकृत अङ्गुर जीसी जस्ता अधिकृतहरुले कुशल र सफल अनुसन्धान गरेर पत्ता लगाएको अपराधीले जेलको कठघरा देख्नु परेन तर नेपाल प्रहरीका जाँवाज अधिकृत अङ्गुर जीसीहरुले अपमान , कारवाही र अन्याय व्यहोर्नु पर्यो

अहिले आएर जिल्ला  अदालतले तत्कालिन अवस्थामा कारवाही परेकाहरु माथि अन्याय भएकोले संगठनको नेतृत्वले माफी माग्नु पर्ने फैसला गरेको छ  रे

अन्याय परेको अङ्गुर जिसीहरुले न्याय पाउनु सकारात्मक र स्वागत योग्य  हो , अव उनको टोलिले गरेको अनुसन्धानले दोषी ठहर गरेको अपराधीलाइ कानुनको कठघरामा ल्याउनु अवको कार्यभार हो

तर नेपाल प्रहरीको नेतृत्व कुनै व्यक्ती नभएर सँस्था हो भन्ने सत्य भुलेर नेतृत्वले माफी माग्नु पर्ने भन्ने  अमुर्त र अनौठो फैसला गर्दै गर्दा निर्मलाको वलात्कार र हत्यामा संलग्न अपराधीलाइ के गर्ने भन्ने विषयमा चाहिं मौनता साँधेको जस्तो देखिएको छ 

सवै भन्दा पहिला त नेपाल प्रहरीको नेतृत्वमा जोसुकै हुँदा पनि प्रहरी नेतृत्वलाइ सनकमा चल्ने छुट हुदैन ,  निजले गर्ने निर्णयहरु निश्चित आधारमा गरिएको हुन्छ

तत्कालीन अवस्थामा अङ्गुर जीसी  जस्ता काविल देखि तत्कालिन कंचनपुर प्रहरीको नालायक नेतृत्वसम्मलाइ एकै नजरले हेर्ने र सोलोडोलोमा कारवाही गर्न प्रहरीको आन्तरिक छानविन कमिटि देखि गृह मन्त्रालयको टोलीसम्मले गरको सिफारिश र निर्देशन समेतको आधारमा भनिए अनुसार फौजदारी मुद्दा चलाउने काम नगरे पनि वाध्य भएर तत्कालिन नेतृत्वले निलम्बन गरेको थियो

त्यसपछि घटनाको अनुसन्धानबाट ठहर भएका दोषी उपर कारवाहीको सिफारिश सहित मुद्दा दर्ता गराउन खोज्दा प्रहरीले के कति दुख पाए, मुद्दा दर्ता गराउने जिम्मेवारी पाएका सरकारी वकिल, सिडिओ  देखि श्रीमानहरु  समेतले कति लाचारी र डरपोक व्यवहार देखाउनु भयो भन्ने विषय पनि विभिन्न संचार माध्यमहरुमा आएकै थिए

तर बाराक ओबामाले माफी मागेको समाचार पढ्ने जिल्ला न्यायधिशले के कति कारणले नेपाल प्रहरीले आफ्नै अधिकृतहरुलाइ कारवाही गर्यो , त्यसो नगरेको भए  के कस्तो अवस्था आउंथ्यो भन्ने सम्मको अध्ययन गरेको देखिएन

ल खैर त्यो त गर्नु भएन , अमेरिकाको समाचारको हवाला दिंदै नेपाली समाचारहरुको वेवास्ता गर्नु भयो , ठिकै छ तर श्रीमानकै भाषामा पनि काविल ठहर भएका अधिकृतहरु प्रति  यति धेरै सहनाभुती प्रकट गर्दै गर्दा उनीहरुले ठहर गरेको अपराधीलाइ तत्काल जेल हाल्न किन आदेश गर्न नसकेको श्रीमानले ?

श्रीमान्, अव अर्को फैसला चाहिं वलात्कार गरेपछि हत्या गर्ने अपराधी थुन्ने भनेर गर्ने कि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com