दिवंगत पत्रकार बानियाँको परिवारलाई अमेरिकाबाट व्यक्तिगत र संस्थागत पहलमा झण्डै ९ लाख


प्रकाशित मिति : भाद्र ७, २०७७ आईतबार

दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाबाट व्यक्तिगत र संस्थागत पहलमा झण्डै ९ लाख रुपैया सहयोग मिलेको छ । तीन दशकदेखि कान्तिपुर दैनिकमा कार्यरत बानियाले गत अगस्त १० मा बल्खु खोलामा हेलिएर प्राण त्यागेका थिए ।

बानियाँका एकछोरा, एकछोरी र श्रीमति उनीप्रति नै आर्थिक रुपमा आश्रीत रहेकाले परिवारका लागि सहयोग गर्न अमेरिकामा रहेका नेपालीले संस्थागत र व्यक्तिगत रुपमा सहयोग संकलन सुरु गरेका थिए । केहीले रकम हस्तान्तरण गरिसकेका छन् भने केही गर्ने प्रकृयामा रहेका छन् ।

बलराम बानियाँ

नेजाबाट चारलाख ३१ हजार हस्तान्तरण

नेपाल अमेरिका पत्रकार संघ नेजाले पत्रकार बलराम बानियाको परिवारको सहयोगार्थ संकलन गरेको चारलाख ३१ हजार रूपैयाँ आइतबार नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले हस्तान्तरण गरे । बानियाको १३ औं दिनको तिथीमा तनहुँको मिर्लुङ्ग स्थित घरमा पुगेर उनको छोरी र छोरालाई रकम हस्तान्तरण गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेजाले आफ्ना सदस्यहरूबीच बानियाको परिवारको सहयोगका लागि आव्हान गरेको थियो । त्यसक्रममा पेपललाइ तिर्नुपर्ने शुल्क कटाएर ३ हजार ६ सय ७८ डलर ५१ सेन्ट नेजाको खातामा संकलन भएको थियो ।

उक्त रकम शनिबार नेजाले नेपाल पत्रकार महासंघलाइ ट्रान्सफर गरेर पठाएको थियो । नेपाल पठाइएको चारलाख ३१ हजार ९ सय ५१ रूपैयाँ महासंघका अध्यक्ष आचार्यले दिवंगत बानियाकी छोरी सुस्मिता बानियालाई हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका गण्डकी प्रदेश कमिटीका अध्यक्ष त्रिभुवन पौडेल, प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सदस्य खिलबहादुर भण्डारी, पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतको उपस्थिति थियो ।

इन्जाबाट सहयोग गर्ने निर्णय

स्वर्गीय पत्रकार बलराम बानियाँका परिवारमा समवेदना सहित ईन्जाका तर्फबाट रू १ लाख सहयोग सहयोग गर्ने निर्णय गरेको थियो । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल इञ्जाले कान्तिपुर बानियाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल एकलाख रुपैया सहयोग गर्ने निर्णय गरेको थियो ।

बानियाको अन्त्येष्टि र काजकिरियामा परिवारलाई सहयोग पुगोस् भनी तत्कालै आफ्नो आपतकालिन कोषबाट १ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । उक्त रकम हस्तान्तरण गर्न भने बाँकी रहेको छ ।

देउजाको पहलमा झण्डै साढे ३ लाख संकलन

बानियाँको परिवारलाई सहयोग गर्न न्युयोर्कबाट राधाकृष्ण देउजाले आर्थिक संक्लन अभियान सुरु गरेका थिए । झण्डै एकसाता गोफण्डमी मार्फत चलाइएको उक्त अभियानमा ३ हजार ५० डलर अर्थात् झण्डै साढे ३ लाख नेपाली रुपैया संकलन भएको छ ।

राधाकृष्ण देउजा

जीवनभर पत्रकार बानियाँको पेशागत इमान्दारिताको सम्मान र सम्झनामा यो अभियान सुरु गरिएको र ३ हजार ५० डलर ९७ सेन्टरस जम्मा भएपछि अभियान बन्द गरिएको देउजाले जानकारी दिए । यो रकम यसैसाता नेपालका पत्रकार टपेन्द्र कार्कीमार्फत बानियाको परिवारलाई हस्तान्तरण गरिने देउजाले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com