नेपालमा थप ७०७ मा कोरोना संक्रमण, ६ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार

नेपालमा  पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी ७०७ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

देशका विभिन्न प्रयोगशालमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए । योसँगै संक्रमितको कूल संख्या संख्या संख्या २९ हजार ६४५ पुगेको छ । बितेको २४ घण्टामा थप २६४ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । यस्तै देशभर ११ हजार ७६८ जना क्वोरेन्टिनमा रहेका छन् ।

काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र काठमाडौँ उपत्यकामा १५९ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

कोरोनाबाट थप ६ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।आज मृत्युपुष्टि हुनेमा काठमाडौँकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्साकी एक महिला र २ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com