नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु
प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार
नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।
जसमा पुरुष ८९ जना र महिला २५ जना रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार २५७पुगेको छ।






