काठमाडौं उपत्यकामा थपिए २०५ कोरोना संक्रमित


प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १३८ जना, ललितपुरका ५० जना र भक्तपुरका १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

सोमबार मात्र काठमाडौँ उपत्यकामा १६८ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।नेपालमा पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार २५७पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com