काभ्रेका ९८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु


प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार

धुलिखेल अस्पतालमा उपचाररत काभ्रेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको गएराति मृत्यु भएको हो । पिसाब बन्द हुने समस्या देखिएपछि अस्पतालमा पुगेका ती वृद्धको स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचाररत उनको गएराति मृत्यु भएको हो । योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि पाँचखाल-१ की ५० वर्षीया महिलाको ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com