सरकारद्वारा अनुदानका लागि निजी अस्पतालसँग सङ्क्रमितको सङ्ख्या माग


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको उपचार गरेवापत अनुदान उपलब्ध गराउनका लागि निजी अस्पतालसँग बिरामीे सङ्ख्या माग गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का शङ्कास्पद तथा सङ्क्रमित व्यक्ति राखी उपचार गर्ने अस्पताललाई अनुदानका लागि सङ्क्रमित कति दिन अस्पतालमा बसेको र सङ्क्रमितको सङ्ख्या माग गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामीका लागि रु २००, लक्षण नभएका वा सामान्य लक्षण भएका दुई हजार, सामान्य लक्षण भएकालाई तीन हजार ५००, मध्यम जटिल बिरामी सात हजार र जटिल र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार प्रतिदिन दिनका लागि सङ्ख्या माग गरिएको हो । रु २०० घरमा स्वास्थ्यकर्मीले क्लिनिकल निगरानी गर्दा लाग्ने खर्च र रु दुई हजार आइसोलेशन केन्द्रमा बसेको खर्च अनुदान दिनका लागि तोकिएको छ ।

मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको उपचार वापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश २०७७ ल्याएर निजी अस्पताललाई पनि कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न दिएको थियो । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com