भेन्ट वा भल्भ भएका मास्कहरु लगाउनु अर्थहीन : सीडीसी


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

अमेरिकन सीडीसीले मास्कबारेको गाइडलाइन अपडेट गर्दै भेन्ट वा भल्भहरु भएका मास्क लगाउँदा कोरोनाको फैलावट नरोकिने स्पष्ट पारेको छ । सामान्यतया त्यस्ता मास्कहरु निर्माणका बेलामा धुलोबाट बच्नका लागि प्रयोग गरिदै आएको छ । कोरोनाबाट बच्न त्यस्ता मास्क लगाउनु राम्रोको साटो थप हानिकारक हुनसक्ने सीडीसीले जनाएको छ ।

मास्कको उद्देश्य रेस्पीरेटोरी ड्रपलेटहरु आवातजावत हुनबाट रोक्नु रहेको तर त्यस्ता मास्कले यो कार्य नरोक्ने सीडीसीले जनाएको छ । एकतर्फी भल्भ वा भेन्ट भएका मास्कले मास्क प्रयोगकर्ताको ड्रपलेटहरु अर्को व्यक्तिमा पुग्नमा कुनै अवरोध नहुने सीडीसीले स्पष्ट पारेको छ ।

संक्रमितहरुले खोक्दा, हाछ्यु गर्दा, बोल्दा र स्वास फेर्दा उत्पन्न हुने ड्रपलेटको माध्यमबाट कोरोना भाइरस फैलिने गर्छ । अमेरिकामा कोरोनाको संक्रमणबाट झण्डै ३ लाखको ज्यान जाने अनुमान गरिएको छ । तर घरबाट निस्कदा सबैले मास्कको प्रयोग गरेमा ६६ हजार भन्दा धेरैको ज्यान जोगिने रिपोर्टमा उल्लेख छ । अहिलेसम्म अमेरिकामा १ लाख ७३ हजारभन्दा धेरैको ज्यान गएको छ ।

दोहोरो सतह भएको साधारण र सस्तो कटनमास्कले कोरोनाको संक्रमण फैलिनबाट रोक्नमा मद्दत पुग्ने ड्युक युनिभर्सिटीको अध्ययनले जनाएको छ । सबैभन्दा बढी प्रभावकारी भने तीनतहको सर्जिकलमास्क र भल्भ वा भेन्ट नभएको एन ९५ मास्क नै हुने निष्कर्ष निकालिएको छ ।

अमेरिकाका कैयन एयरलाइन्सहरुले भल्भ वा भेन्ट भएका मास्कहरु जहाज चढ्ने क्षेत्रमा प्रयोगका लागि प्रतिबन्ध लगाएका छन् । अमेरिकन, डेल्टा, जेटब्लु लगायतले यस्तो प्रतिबन्ध लगाएका हुन् । एयरलाइन्सहरुले मास्क लगाउन नमान्नु यात्रुहरुको सुची समेत तयार पारिहरेका छन् । उनीहरुलाई जहाज चढ्नमा प्रतिबन्ध समेत लाग्न सक्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com