कुलमानको चमत्कार: विद्युत प्राधिकरणको वार्षिक नाफा ११ अर्ब


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

नेपाल विद्युत् प्राधिकरण हाल नाफामा रहेको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ४ वर्ष अघिसम्म ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण अहिले नाफामा मात्रै होइन पूर्वाधारमा समेत लगानी गर्न सक्ने भएको कार्यकारी निर्देशक घिसिङले बताए ।

प्राधिकरणको ३५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब रुपैयाँ खुद नाफा गरेर विद्युतको पूर्वाधारमा लगानी गर्न सक्ने भएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ संचित घाटामा रहेको प्राधिकरण हाल ५ अर्ब संचित नाफा कमाउन सफल भएको छ ।

त्यस्तै विद्युत चुहावट पनि १० प्रतिशत हाराहारीले घटेको उनले बताए । आर्थिक वर्ष २०७२/७३मा २५ दशमलव ७८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६, ७७ मा १५ दशमलव २७ प्रतिशतमा सीमित गर्न सफल भएको बताए ।

यसले प्राधिकणको वित्तिय सुधारमा सहयोग पुगेको उनले जनाकारी दिए । विद्युत खपतको रुपमा हेर्ने हो भने चार वर्ष अघिको तुलनामा विद्युतको पहुचनै २३ प्रतिशतले बढेको छ । प्रतिव्यक्ति वार्षिक विद्युत खपत त्यो समयमा १ सय ३१ युनिट रहेकोमा अहिले २ सय ६० युनिट पुगको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com