एसईई २०७६ को नतिजा सार्वजनिक


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

राष्ट्रिय परीक्षा बोर्डले विसं २०७६ सालको एसईईको नतिजा प्रकाशित गरेको छ । बोर्डको बैठकले विद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ । बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म विद्यार्थी भर्ना गर्न पाइने छैन । सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ । त्यस्तै त्रुटी सच्याउन विद्यार्थीलाई परिक्षा नियन्त्रण कार्यालय आउनुपर्ने व्यवस्था हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्याउने व्यवस्था गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com