नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु पुष्टि हुनेमा रौतहटका ३२ वर्षिय पुरुष, मोरङका ६० वर्षिय पुरुष र काठमाडौँकी ५८ वर्षिया महिला रहेकी छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । जसमा पुरुष ८३ जना र महिला २४ जना रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com