इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय– ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको उपचार गरेका थिए । उनको गएराति ११ः ५ बजे मृत्यु भएको सूर्योदय नगरपालिकाले जनाएको छ । गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए ।
युवकलाई छाती दुख्ने, ज्वरो आउने र सास फेर्न समस्या भएको थियो । अहिले शव व्यवस्थापन गर्ने तयारी हुँदै रहेको नगरपालिकाले जनाएको छ । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।