नेकपाले डाक्यो सचिवालय बैठक


प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेको छ । सोमबार बिहानका लागि बैठक बोलाइएको स्रोतले बताएको छ । बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिनेछ ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा शंकर पोखरेल,सुरेन्द्र पाण्डे,जानर्दन शर्मा,पम्फा भुषाल र भीम रावल छन्।यसअघि वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए। यसअघि नेकपाको सचिवालय बैठक साउन ३ गते बसेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com