रुपन्देहीको बुटवल उपमहानगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखा परेपछि नगरका सेवा अनिश्चतकालका लागि बन्द गरिएको छ । नगरले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने अत्यावश्यक वाहेकका सेवाहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द रहेको उपमहानगरपालिकाले जनाएको छ ।
शनिबार बुटवल उपमहानगरपालिकाको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा संक्रमण देखिएको थियो । संक्रमित अधिकृतको सम्पर्कमा रहेका कर्मचारी र जनप्रतिनिधिको पीसीआर परीक्षणबाट आईतबार ३ जना अन्य अधिकृतमा पनि संक्रमण पुष्टि भएको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।