देशभरका डेढ सय पुलको मर्मत


प्रकाशित मिति : श्रावण ३१, २०७७ शनिबार

डक विभागले गत आर्थिक वर्षमा देशभरका विभिन्न जिल्लाका सडकमा गरी झण्डै डेढ सय पुलको मर्मत गरेको छ । नेपाल सरकार आफ्नै लगानी र कतिपय स्थानमा दातृ निकायको सहयोगमा पुराना पुलको मर्मत भएको हो । पुराना र जोखिमयुक्त पुल भएका स्थानमा नयाँ पुल राखेर पुरानो हटाउँदै जाने नीति रहेको सडक विभाग, पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताए ।

भूकम्पका कारण क्षतिग्रस्त बनेका पुलको समेत मर्मतको काम भइरहेको छ । विगतमा निर्माण भएका कतिपय पुल एक लेन हुने गरेकामा अहिले दुई वा चार लेनको पुल बनिरहेका छन् । उनले भने, “पुराना र साँघुरा भएका स्थानमा त्यसको मर्मत र नयाँ निर्माण दुवै भइरहेको छ ।” विभागले दुई वर्षयता झण्डै डेढ सय पुल मर्मत गरिरहेको छ । विश्व बैंकले अध्ययन गरिरहेको पतलैया–ढल्केबर सडकमा पुल पुराना र साँघुरो रहेको उपमहानिर्देशक भट्टराईले जानकारी दिए । त्यहाँका झण्डै ७० पुल चार लेनमा निर्माण गरिने योजना बनाइएको छ । कतिपय स्थानमा विभाग आफैँले पनि मर्मतका लागि योजना बनाइहेको छ ।

सिद्धार्थ राजमार्गमा राम्दी पुललाई मर्मत गर्ने कार्यक्रममा रहेको छ । मुग्लिनमा नयाँ पुल बनिसकेर प्रयोगमा आएको छ भने त्यस छेउमा पुरानो पुल रहेको छ । उनले भने, “पुरानो पुल पनि मर्मत गर्न यो वर्षको कार्यक्रममा उल्लेख छ ।” देशभरका सडक योजनामा जहाँजहाँ ठूला मर्मत गर्नुपर्छ त्यहाँ सडक विभाग, पुल महाशाखा आफैँले गरिरहेको छ । साना मर्मतका लागि पुल महाशाखा अन्तर्गतका चार कार्यालयलाई बजेट छुट्याइएको छ । आगामी आवमा दुई हजार मिटर पुलको मर्मत गर्ने लक्ष्य लिइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com