चाइनिज भ्याक्सिनको उत्साजनक नतिजा, पहिलो र दोश्रो चरणको परीक्षण सफल


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

चाइनिज कम्पनी सिनोफार्मले बनाइरहेको भ्याक्सिनको प्रारम्भिक नतिजा उत्साहजनक आएको छ । पहिलो र दोश्रो चरणको परीक्षणबाट यो भ्याक्सिन सुरक्षित भएको र कोरोनाबिरुद्ध प्रतिरोध विकाश गर्न सफल भएको निष्कर्ष निकालिएको छ ।

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित रिपोर्ट अनुशार भ्याक्सिनको अन्तरिम नतिजाले भ्याक्सिन सफल हुनेमा आशा जगाएको छ । यद्यपी भ्याक्सिनले व्यक्तिलाई कोरोना संक्रमणबाट जोगाउने अन्तिम निष्कर्ष निकाल्न भने थप अध्ययन र परीक्षण आवश्यक रहेको शोधकर्ताहरुले बताएका छन् ।

पहिलो चरणको परीक्षण चाइनाको हेनान प्रान्तमा ९६ जनामा गरिएको थियो । उनीहरुलाई भ्याक्सिनमा उच्च, मध्यम र न्यून डोजहरु दिइएको थियो । दोश्रो चरणको परीक्षणमा भने २२४ जनालाई मध्यम डोजहरु दिइएको थियो ।

परीक्षणमा सहभागीमध्ये १५ प्रतिशतमा एकसातामै भ्याक्सिनको असर देखिएको थियो । भ्याक्सिनबाट लगाएको ठाउँमा सामान्य दुखाई र ज्वरोबाहेक अरु साइड इफेक्टहरु नदेखिएको जनाइएको छ । सबै साइड इफेक्टहरु सामान्य रहेको र उपचारको जरुरत नपर्ने खालको रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोश्रो चरणको परीक्षणमा ९७ दशमलव ६ प्रतिशतमा भ्याक्सिनले कोरोनाबिरुद्ध एन्टीबडी तयार गर्न सफल भएको थियो । पहिलो डोजको दुईसाताको तुलनामा तीनसातापछि दोश्रो डोज दिंदा भ्याक्सिनको प्रभावकारिता बढेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुशार अहिले विश्वभर २९ वटा भ्याक्सिनको परीक्षण भइरहेको छ । अमेरिकी सरकारले ६ वटा भ्याक्सिनलाई आर्थिक सहयोग गरिरहेको छ । अमेरिकामा दुईवटा भ्याक्सिनहरु अन्तिम चरणको क्लीनिकल परीक्षणमा गइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com