प्रदेश ५ को सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. चौधरीलाई कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकरप्रसाद चौधरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश ५ को कोरोना भाइरसबारेमा दैनिक मिडिया ब्रिफिङ सञ्चालन गर्दै आएका उनी आफैले सामाजिक सञ्जाल मार्फत कोरोना भाइरसको संक्रमण भएको बताएका छन्। उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि मन्त्रालयमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।

डा. चौधरीले आफुलाई कोरोना संक्रमण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै २ हप्ता होम आइसोलेशनमा बस्ने जानकारी गराएका छन्। डा. चौधरीमा कोरोना संक्रमण देखिएपछि मन्त्रालयको मुल गेट बन्द गरि उनका सम्पर्कमा आएका सामाजिक विकास मन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाब संकलन गरिएको छ। मन्त्री बरालको रिपोर्ट नेगेटिभ आएको र अन्यको स्वाव संकलन गर्ने कार्य भैरहेको मन्त्रालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com