रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का पक्राउ


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा खड्कालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनलाई रामेछापको सदरमुकाम मन्थलीबाट पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com