नारायणी अस्पतालमा गरिएको परिक्षणमा भारतीय दूतावासका कर्मचारी र स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालले दिएको सूचनाका अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । जसमा २ वर्षिय बालकदेखि ६९ वर्षको वृद्धसम्म रहेका छन् ।
कन्ट्याक्ट ट्रेसिङको क्रममा गरिएको परिक्षणमा संक्रमण देखिएको हो । नयाँ संक्रमित हुनेमा बारा जिल्लाका २१ जना, पर्सा जिल्लाका २५ जना र मोहत्तरी जिल्लाका २ जना रहेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।