कोरोना संक्रमणको उच्च जोखिममा सुरक्षाकर्मी


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै सङ्क्रमणको जोखिममा सुरक्षाकर्मी पर्दै गएका छन् । जनसम्पर्कमा रहेर काम गर्नुपर्ने र चलायमान बढी हुनुपर्ने भएकाले पछिल्लो समय सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको हो । बाग्मती प्रदेशका मकवानपुर, काभ्रे, धादिङ, चितवन लगायतका जिल्लामा कार्यस्थलमा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमण भएको छ ।

बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले सङ्घीय प्रहरी कार्यालयका सहित ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना पुष्टि भएका बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रहरी कार्यालयमा रहेको आइसोलेसनमा राखिने भएको छ । प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै दङ्गा प्रहरीतर्फका सहित चार सयभन्दा बढी प्रहरीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएको छ ।

सङ्क्रमित प्रहरीको सङ्ख्या २० पुग्यो

काभ्रे समाचारदाताका अनुसार बनेपा नगरपालिका वडा नं. १३ मा रहेको सङ्घीय प्रहरी एकाइ बाग्मतीमा थप छ जनामा कारोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाका अनुसार बिहीबार थप छ जनामा कारोना पुष्टि भएसँगै प्रहरीमा सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । यसअघि भएको परीक्षणमा सङ्घीय प्रहरीका १३ र जिल्ला प्रहरीका एक जनामा सङ्क्रमण पुष्टि भएको थियो । सङ्घीय प्रहरीका ७० जनाको परीक्षण हुँदा १९ जनामा कोरोना पुष्टि भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै धुलिखेल अस्पतालका एक नर्समा कोरोना पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द भएको अस्पतालले जनाएको छ । धुलिखेल अस्पताल अगाडिको एक होटल व्यवसायी र धुलिखेलकै एक महिलालाई कोरोना पुष्टि भएको छ । बिहीबार थपिएका नौ जनासहित जिल्लामा सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ । कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । यसैबीच काठमाडौँ विश्वविद्यालय १५ दिनका लागि बिदा भएको छ । धुलिखेल नगरपालिकामा रहेको उक्त विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि मङ्गलबारबाट पन्ध्र दिनका लागि बिदा दिएको हो ।

उपत्यका लगायत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, धुलिखेल नगरपालिका क्षेत्रमा कोरोनामा सङ्क्रमण बढ्ने सम्भावनालाई दृष्टिगत गरी पूर्व सावधानी स्वरूप १५ दिन बिदा दिएको विश्वविद्यालयका रजिस्ट्रार प्रा।डा। सुवोध शर्माद्वारा जारी सूचनामा भनिएको छ ।

थप १० प्रहरीमा कोरोना पुष्टि

मकवानपुर समाचारदाताका अनुसार मकवानपुरमा थप १० जना प्रहरीमा कोभिड–१९ पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडास्थित प्रादेशिक प्रयोगशालमा स्वाब परीक्षण भएका मध्ये बिहीबार ३७ जनामा कोरोना पुष्टि भएकोमा तीमध्ये नेपाल प्रहरीका १० कर्मचारीमा कोरोना सङ्क्रमण भएको हो । सङ्क्रमितमध्ये सात जना जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गत कार्यरत र बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत तीन प्रहरी रहेका छन् ।

यसअघि हेटौँडा उपमहानगरपालिका १६ हटियास्थित अस्थायी प्रहरी पोस्टका चार र हेटौँडा १० बसपार्कमा रहेको प्रहरी पोस्टमा कार्यरत एक प्रहरीमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार बिहीबार कोरोना पुष्टि हुनेमा नेपाल प्रहरीका बाहेक २७ जना रहेका छन् । हेटौँडा उपमहानगरपालिका २ का एक, ४ का चार, ५ का चार, ९ का सात, १० र १३ का एक/एक गरी १८ जना रहेका छन् ।

त्यस्तै भीमफेदी गाउँपालिकामा तीन, थाहा नगरपालिका दुई, बकैया गाउँपालिकाका दुई, चितवन घर भई हेटौँडा बस्दै आएका एक र काठमाडौँ ठेगाना भएर हेटौँडा बस्दै आएका एक जनामा कोरोना पुष्टि भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com