कालिकोटमा पहिरो – एकै परिवारका ६ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

अविरल वर्षाका कारण कालिकोटमा गएराति गएको पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । महाबै गाँउपालिका-३ नकुगाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिँदा दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । त्यस्तै उनका दाजु डिल बहादुर बिष्टका दुई छोरीको पनि पहिरोमा परेर ज्यान गएको छ ।

प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा १९ वर्षीया शान्ति बिस्ट, १८ वर्षीया सबिनाबिस्ट, १५ वर्षीया आशा बिस्ट, १३ वर्षीय पुष्प बिस्ट, ११ वर्षका प्रबिन बिस्ट र १० वर्षीया रेखा बिस्ट रहेका छन् । हाल उद्दारका लागि पहिरो गएको ठाँउमा प्रहरी टोली परिचालन भैसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com