दिवंगत पत्रकार बलराम बानियाको परिवारलाई सहयोग गर्न अमेरिकाबाट आर्थिक अभियान


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई सहयोग गर्न अमेरिकाबाट आर्थिक अभियान सुरु गरिएको छ । गोफण्डमी मार्फत आर्थिक संकलन अभियान सुरु गरिएको हो ।

न्युयोर्क निवासी राधाकृष्ण देउजाले सुरु गर्नुभएको आर्थिक संकलन अभियानमा सहयोग गर्न सबैलाई अपिल गरिएको छ । प्राप्त सहयोग जस्ताको जस्तै परिवारलाई हस्तान्तरण गरिने देउजाले जानकारी दिनुभएको छ ।

जीवनभर पत्रकार बानियाँको पेशागत इमान्दारिताको सम्मान र सम्झनामा यो अभियान सुरु गरिएको देउजाले बताउनुभयो । उहाँले बानियाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना समेत व्यक्त गर्नुभएको छ ।

यदि तपाईपनि आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

बानियाँका एकछोरा, एकछोरी र श्रीमति उनीप्रति नै आर्थिक रुपमा आश्रीत रहेका थिए । गत सोमबारदेखि हराइरहेका बानियाँको शव बुधबार मकवानपुरमा भेटिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com