जलसमाधी लिनभन्दै प्युठान र रोल्पाको सिमानामा रहको माडीखोलामा पसेका लोकनाथ कश्यपको शव गढवामा फेला परेको छ । धार्मिक तिर्थस्थल स्वर्गद्वारीको विकाशमा योगदान दिदै आएका कश्यपले जलसमाधि लिनभन्दै खोलामा पसेका थिए ।
उनले स्वर्गद्वारी महाप्रभुको जन्मस्थल मानिने रोल्पा रून्टीगढी , धार्मिक तिर्थस्थल स्वर्गद्वारी र रोल्पा प्यूठान सिमानामा रहेको चत्तुर्भुज मन्दिरबीच विशेष सम्बन्ध रहेको भन्दै प्रचारप्रसार गर्दै आएका थिए ।
पानीमा पस्नु अगाडि उनले मन्दिरमा केही दिन ध्यान समेत गरेको जनाइएको छ । उनको माडी र अरङखोलाको दोभान देविस्थान नजिक त्रिवेणी धाममा अन्तिम दाहासंस्कार गरिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।