डोटी बस दुर्घटना – मृतक सबैको सनाखत


प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार

डोटीको पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ । घटनामा ३३ जना घाइते भएका छन् । तिनमा १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ मार्कु बस्ने ३० वर्षीय टीकाराम विक, मङ्गलसेन नगरपालिका–७ अछाम बस्ने ५५ वर्षीया धनी शाही तथा बान्नीगढजयगढ गाउँपालिका–३ अछाम बस्ने ६० वर्षीय पदम साउद छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले कैलालीबाट अछामका लागि जाँदै गरेको कर्णली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट कम्तीमा पनि ३० मिटर तल खोलामा खसेको प्रनि बोहराले जानकारी दिए । भारतबाट रोजगारी गरी घर फर्किएका अछामका नागरिक लिएर आएको उक्त बस दुर्घटनामा परेको हो । वर्षात्का कारण सडक चिप्लो भएको र चालक पनि निदाएका कारण गाडी दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । घाइते अधिकांशको टाउको र छातीमा बढी चोट लागेको उपचारमा संलग्न जिल्ला अस्पताका डा ज्योति पाण्डेले बताए ।

सिट क्षमताभन्दा बढी यात्रु बोकेका कारण उक्त बस दुर्घटना भएको हुन सक्ने पूर्वीचौँकी गाउँपालिकाका चक्रबहादुर कठायतले बताए । उनले भने, “बसको सिट क्षमताभन्दा बढी यात्रु छन्, बाटो पनि वर्षात्ले खराब भएका कारण दुर्घटना भएको हुन सक्छ ।” प्रहरीले बस चालक २६ वर्षीय हेमबहादुर खत्रीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए । उनले भने, “सिट क्षमताभन्दा यात्रु सङ्ख्या पनि बढी देखिएको छ, के कति कारणले दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान गर्नका लागि चालकलाई नियन्त्रणमा लिएका छौँ, अनुसन्धानपछि सबै कुरो खुल्ने छ ।”

कैलालीदेखि डोटी पुग्दासम्म उक्त बसका चालकले ट्राफिक प्रहरीको चेकप्वाइण्टमा यात्रु सङ्ख्या घटाई इण्ट्री गरेको र उक्त बससँग अछाम जानका लागि जिल्ला प्रशासन कार्यालयको सवारी चलाउने अनुमतिपत्र पनि नभएको बताइएको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com