बुटवलको कोरोना अस्पतालमा कपिलवस्तुका २ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

रुपन्देहीको बुटवलमा रहेको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेली रहेका छन् ।

कोरोनाको लक्षण देखिएपछि गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी रहेको र परीक्षण गर्ने तयारी भैरहेको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले बताए । दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com