दहीमा औषधि खुवाएर बेहोस बनाइ हत्या, शरीर टुक्राटुक्रा पार्न २ वटा खुकुरी प्रयोग


प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार

रोल्पाबाट दाङ बसाइँसराइँ गरी हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा कल्पना शाही नै मुख्य योजनाकार रहेको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर सेवन गरेको खुलेको छ । प्रहरीका अनुसार बियरको नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको बयान दिएकी छिन् ।

त्यस रात कृष्णबहादुर ती महिलाकै घरमा बस्ने गरी गएको पनि अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार दही खाएपछि कृष्णबहादुर बेहोस भएका थिए । त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरिएको प्रहरीको निश्कर्ष छ । हत्या गर्दा कल्पनाका १५ वर्षीया छोरी र १३ वर्षका छोरा साथमै थिए ।

हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखेको र टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकेर बाहिर निस्किएको प्रहरीको भनाई छ ।

बोहराको मृतक शरीर टुक्राटुक्रा पार्न कल्पनाले २ वटा खुकुरी प्रयोग गरेको प्रहरी स्रोतले बतायो । उनी भागेर माइती गएको बेला सोमबार दिउँसो टाडीबाट पक्राउ परेकी हुन् । चितवनको टाँडीबाट पक्राउ गरी काठमाडौं ल्याइएकी ती महिलाले आफू नै हत्यामा संलग्न भएको स्वीकारोक्ति बयान दिएकी छिन् । हत्या गरेर आइतबार आफू काठमाडौंबाट भागेर चितवन पुगेको ती महिलाले बयानमा भनेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महिला बस्ने कोठाबाट प्रहरीले मृतकका गञ्जी र भित्री वस्त्र पनि बरामद गरेको छ । आफूले हत्यामा प्रयोग गरेको खुकुरी पनि महिलाले प्रहरीलाई देखाएकी छिन् । प्रहरीका अनुसार महिलाले हत्या गर्दा हातमा पञ्जा लगाएकी थिइन् । हत्या गरिएका पुरुष विवाहिता भएको र हाल उनी काठमाडौंमा एक्लै बस्दै आएको पनि अनुसन्धानबाट खुलेको छ ।

टोखा नगरपालिका–१०, नवज्योती मार्गमा आइतबार बिहानै पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरीले सुटकेस खोलेर हेर्दा टाउको र घुँडामुनि दुवै खुट्टा नभएको पुरुषको शव फेला पारेको थियो ।

टाउको र खुट्टाबिनाको मृत शरीर हुँदा अनुसन्धानमा अलमलिएको प्रहरीले डग स्कुलबाट ‘ब्लन्ट हन्ट’ नामको कुकुर पनि झिकाएर अनुसन्धान अघि बढाएको थियो । कुकुरले नै सुँघेर सुटकेस भेटिएको ठाउँबाट करिब ३ सय मिटर पर स्वर्गद्वारी मार्गमा प्लास्टिकमा बेरिएको अवस्थामा टाउको र दुवै खुट्टा फेला पारेको थियो ।

काठमाडौंको गोंगबुमा विभत्स हत्या गरेको अभियोगमा चितवनबाट पक्राउ परेकी एक महिलालाई आज बिहान काठमाडौं ल्याइएको छ । रोल्पा स्थायी घर भई दाङ बसाइँसराइँ गरेर हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फरार भएको आरोपमा ती महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरी राति नै काठमाडौं ल्याएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com