गोंगबुमा सुटकेशमा शरीर र झोलामा टाउको फेला परेको शव कृष्णबहादुरको


प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार

काठमाडौंको गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शव रोल्पाबाट दाङ बसाइँसराइँ गरी हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको भएको प्रहरीले पुष्टी गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको हो ।

मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको छ।

हिजो गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शरीर र झोलामा टाउको फेला परेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com