‘गौतम बुद्ध लुम्बिनीमा जन्मिएकोमा आशंका छैन, जुन नेपालमा छ’ : भारतीय विदेश मन्त्रालय


प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार

भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध लुम्बिनीमा नै जन्मेको र जुन नेपालमा पर्ने जनाएको छ । आइतबार नेपालको परराष्ट्र मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मेको तथ्य अकाट्य भनेर वक्तब्य सार्वजनिक गरेको केही बेरमा नै भारतको विदेश मन्त्रालयले त्यसको जवाफ दिएको हो।

केही दिनअघि भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धको जन्म भारतमा भएको अभिव्यक्ति दिएका थिए। विदेशमन्त्रीको विवादास्पद भनाईबारे भारतीय विदेश मन्त्रालयका तर्फबाट प्रवक्ता अनुराग श्रीवास्तवले वक्तब्यमार्फत भनेका छन् – ‘गौतम बुद्ध लुम्बिनीमा जन्मिएकोमा कुनै आशंका छैन । जुन नेपालमा पर्छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि नेपालको परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री एस जयशंकरले गौतमबुद्धको जन्मस्थलको बारेमा दिएको अभिव्यक्तिको विषयमा विवाद गर्नुपर्ने कुनै कारण नरहेको बताएको थियो।

परराष्ट्रले गौतम बुद्धको जन्मभूमि नेपाल हो भन्ने विषय ऐतिहासिक र पुरातात्विक ढंगले प्रमाणित भएर स्थापित तथा अकाट्य भइसकेको उल्लेख गरेको थियो।

साथै सन् २०१४ मा नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपालको संसदमा सम्बोधनका क्रममा नेपाल नै बुद्धको जन्मभूमि भएको भनेर भनेको विषयलाई पनि स्मरण गरेको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com