उपत्यकाको यी क्षेत्रमा शुक्रबार र शनिबार विद्युत काटिने


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानीको विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ । पुल्चोक वितरण केन्द्रको टेकु-चक्रपथ फिडरबाट ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिरकणका अनुसार शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडर अन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । यस क्षेत्र अन्र्तगत पर्ने सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्र लगायतका स्थानमा विद्युत् कटौती हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com