संघीय संसद सचिवालयका प्रवक्तालाई पनि कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

संघीय संसद सचिवालयका प्रवक्ता समेत रहेका सहसचिव डा. रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ । गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो । पाण्डेमा संक्रमण पोजिटिभ देखिएको सांसद मिना सुब्बाले रातोपाटीलाई जानकारी दिइन् ।

दुई साता अघि प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले सांसद प्रदीप यादवको संयोजकत्वमा ३ सदस्य उपसमिति बनाइ तराईका जिल्लामा बन अनुगमनका लागि पठाएको थियो । अन्य सांसदहरु मीना सुब्बा, प्रेम आले सहित अन्य ३ कर्मचारीको नेगेटिभ रिपोर्ट आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com